काठमाडौँ । विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका तीन वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
कालोसूचीमा पर्ने कम्पनीहरूमा यज्ञश्वरी निर्माण सेवा (बाँके) एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि (काठमाडौँ) र न्यू तुलसी निर्माण सेवा (सल्यान) रहेका छन् । कार्यालयले यी तीन निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।








