काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले आज दिउँसो शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका थिए । आज मुख्यमन्त्रीले मात्र शपथ लिएको र मन्त्रिपरिषद विस्तार भने नभएको एमाले ेनेता टेकराज पछाइले जानकारी दिएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियाले एमाले र माओवादीबीच मन्त्रालय भागबण्डा टुंगो लागेको दाबी गरेका छन् ।







