काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा ७औं महासभाबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको अधिवेशनबाट मेनुका कार्कीको नेतृत्वमा नाफिजको १० सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो ।

नव निर्वाचित कार्कीले १०० मत पाउँदा उनका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँले ८७ मत प्राप्त गरेका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रमिला खतिवडा (पिताम्बरी) र निरोजकुमार थापा निर्वाचित भएका छन् । उनीहरुले क्रमशः १०४ र ९३ मत मत प्राप्त गर्दा अन्य प्रतिस्पर्धी विजय दमासे र परमेश्वर अधिकारीले ६५ र ९२ मत प्राप्त गरे ।

महासचिवमा निकेश खत्री ११२ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरे । समितिको सचिवमा राजाराम न्यौपानेले १२६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी चेतनारायण पाण्डेयले ५७ मत प्राप्त गरे ।

कोषाध्यक्षमा मिलन विश्वकर्माले १०२ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत प्राप्त गरे । सदस्यहरुमा अनिश मिजार १२०, अनुप आचार्य ११८, सीआर भण्डारी ११६ र शुक्र गिरी १०७ प्राप्त गरि विजयी भए । उनहरुका प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए।