काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १४ करोड रुपैयाँ बढी ठगी गरेको फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ परेका छन् ।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपित ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरेर सिंगापुर एयरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै बुधबार राति काठमाडौं ल्याइएको छ ।
प्रहरीको विशेष टोलीले भण्डारीलाई पक्राउ गरी बुधवार राति नेपाल ल्याएको हो। भण्डारीले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत ठगी रकम लिएर विदेशमा लुक्दै आएका थिए।
प्रहरीले उनलाई पक्राउ गर्न गत कात्तिक १३ गते रेड नोटिस जारी गरेको थियो । भण्डारीले कास्की र बर्दियाबाट बेग्लाबेग्लै नागरिकता लिएर दुई राहदानी बनाएको, अन्यको विवरण परिवर्तन गरी कीर्ते नागरिकता तथा राहदानी प्रयोग गरेको समेत खुलेको छ ।







