काठमाडौँ । गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ बराबरका सामान निर्यात भएको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।
गएको आर्थिक वर्षमा यही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएको थियो । चालू आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ९८ करोड रुपैयाँको ६ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
त्यस्तै, चालू आर्थिक वर्षको तीन महिनामा २ अर्ब ७ करोड रुपैयाँ मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ ।







