काठमाडौँ ।  मेट लाइफ नेपालले आफ्नो जीवन बीमा सचेतना कार्यक्रमलाई थप वित्तीय सेवाहरू नपुगेका समुदायहरूमा विस्तार गरिरहेको छ , जसले देशभरका परिवारहरूलाई उनीहरूको वित्तीय ज्ञान र लचिलोपन निर्माण गर्न मद्दत गर्ने कम्पनीको भनाई छ ।

यो पहल मेट लाइफको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको एक हिस्सा रहेको कम्पनीको भनाई छ । सेवा नपुगेका र दुर्गम क्षेत्रहरूको लागि वित्तीय पहुँच पुर्‍याउन केन्द्रित रहेको जानकारी गराउँदै यस पहलले दमक, लहान, जनकपुर, कटारी, बेसीशहर, रैनास नगरपालिका लमजुङ, नवलपुर, बारा, बर्दघाट, पाल्पा, सल्यान, दैलेख, जुम्ला, कैलाली र इलामका विभिन्न समूहहरूलाई समेट्ने जानकार दिएको छ ।

सहभागीहरूले अन्तरक्रियात्मक सत्रहरू र जानकारीमूलक सामग्रीहरू मार्फत जीवन बीमाको महत्त्व र फाइदाहरू सिक्न सकिने छ । वित्तीय उत्पादनहरूमा पहुँच कम भएका क्षेत्रमा वित्तीय सशक्तीकरणलाई बढवा दिनेछन् । उनीहरू यस कार्यक्रमबाट लाभान्वित हुनेछन् किनभने उनीहरूले आफ्नो परिवार र सम्पत्तिहरू सुरक्षित गर्न, आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न र अप्रत्याशित चुनौतीहरूलाई आत्मविश्वासका साथ व्यवस्थापन गर्न आवश्यक ज्ञान र उपकरणहरू प्राप्त गर्न सकिएको कम्पनीको दाबी छ ।

मेट लाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रूपमा मेट लाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।