काठमाडौँ । तारकेश्वर नगरपालिकाबाट ८ वर्षीय बालक बेपत्ता भएका छन् । नुवाकोट घर भइ तारकेश्वर नगरपालिका सानोबाइपास बस्दै आएका ८ वर्षीय सुजन ग्लान तामाङ बिहीबारबाट बेपत्ता भएका हुन् ।
कक्षा १ मा अध्यनरत सुजन घरबाटै हराएका हुन् ।
रातो टिर्सट र कालो पाइन्ट र कालो जुत्ता लगाएर खेल्न गएका उनी त्यसपछि घर नफर्केको बुबा कुमारले बताए ।
उनले भने, ‘बिहानै कोठाबाट निस्किएको थियो, खेल्न गयो होला भन्ने ठान्यौँ । तर दिनभर नफर्किएपछि खोजी गरे पनि अहिलेसम्म भेट्न सकेनौँ ।’
बालकका बुबा कुमारले छोरो बिहीबार बिहानबाटै हराएपछि खोजीका लागि प्रहरी गुहारेका छन् । उनले बिहीबार नै प्रहरी बृत्त बालाजुमा छोरोको खोजीका लागि निवदेन दिएका छन् ।