काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर प्रेम तामाङले अनाथ बालबालिकासंग जन्मदिन मनाएका छन् । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी गैरीधारा, काठमाडौं शाखाका एनेन्सी म्यानेजर तामाङले आफ्नो जन्मोत्सव अनाथ बालबालिकाहरुसँग मनाएका हुन् ।

उनले हात्तीवन स्थित नवीकरण चिल्ड्रेन होम्समा जन्मोत्सव मनाए । उनले यहाँ ५० जना अनाथ बालबालिकासँग खाना खाएर जन्मोत्सव मनाएका हुन् ।

जन्मोत्सवमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी गैरीधारा, काठमाडौंका शाखा प्रबन्धक असीम ज्ञवाली र प्रेम तामाङका अभिकर्ता साथीहरुको पनि सहभागिता रहेकाे थियो ।