काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन ९ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ३६ पैसा कायम भएको छ । यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा र खरिददर १३८ रुपैयाँ ८३ पैसा कायम भएको थियो ।

 

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९८ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १९ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर ०९ रूपैयाँ २२ पैसा र बिक्रीदर ०९ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १९ रूपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रूपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २३ पैसा र बिक्री दर ३१ रूपैयाँ ३७ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ०९ रूपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३७ पैसा र बिक्री दर १९ रूपैयाँ ४५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७ रूपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ २० पैसा र बिक्रीदर ४५० रूपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रूपैयाँ ९४ पैसा तय गरिएको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।