काठमाडौं। साताको चौथो दिन सेयर बजारमा ठूलो गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ अंकमा पुगेको छ।आज करिब ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर १३ अर्ब १८ करोड २ लाख रुपैयाँमा कारोबार भएका छन्। कुल ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ र ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।साल्पा विकास बैंकको सेयर १० प्रतिशतले बढेर सर्किटमा पुगेको छ। त्यस्तै, रिडी पावरमा सबैभन्दा बढी सेयर कारोबार भएको छ। कम्पनीले आज ८५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।अन्य प्रमुख कारोबारमा आँखुखोला जलविद्युत ५१ करोड २९ लाख, नेशनल हाइड्रोपावर ४९...


