काठमाडौं ।  हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंसिर ४ गते सोमबारदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।

कम्पनीलाई १०० रुपैयाँ फेस भ्यालुमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले ३ करोड कित्ता प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिइएको हो ।

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

हिमालन रि–इन्स्योरेन्सले नेपाल पुर्नबीमाको व्यापार खोस्दै, बीमा शुल्क ४६ प्रतिशतले घट्यो

हिमालयन री इन्स्योरेन्सलाई काखी च्यापेर नेपाल पुनर्बीमाको व्यवसाय खोस्दै बीमा प्राधिकरण