काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आज आइतबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ।
योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेकाे छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ ।