काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ हजार ४ सय रुपैयाँले बढ्दै ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार प्रतितोला ५ हजार ३४० रुपैयाँ रहेको चाँदी आज ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ कायम भएको छ।
यससँगै अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ उकालो लागेको देखिएको छ।







