काठमाडौँ। नेपाल इन्स्योरन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्यहरूको पदावधि थप भएको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व भएका ३ जना सञ्चालकहरू अध्यक्ष चन्द्र सिंह साउद, नन्द किशोर शर्मा र होम बहादुर खड्का तथा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकहरू सबिता श्रेष्ठ जोशी र सजल मास्केको कार्यकाल यही जेठ २९ गतेसम्म मात्रै रहेको थियो।
कम्पनीको आगामी साधारण सभा नहुन्जेलसम्म यी सबै सञ्चालकलाई जेठ ३० गतेदेखि लागू हुने गरी सञ्चालक पदमा निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
सरकारले सरकारी सम्पत्ति र जनधनको समेत बीमा गराउनेतर्फ लाग्नुपर्छ : चन्द्र सिंह साउद (अन्तर्वार्ता)
त्यसैगरी, हाल कायम रहेको कम्पनीको सञ्चालक समितिको संरचना अनुसार चन्द्र सिंह साउदलाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय पनि गरिएको कम्पनीले जनाएको हो ।







