काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रार सेवाका लागि एनआईएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा दुवै संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार वैशाख २५ गतेदेखि लागू हुने गरी एनआईएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रारको जिम्मेवारी दिइएको हो ।
नियुक्तिसँगै अब कम्पनीको धितोपत्रसम्बन्धी सम्पूर्ण अभिलेख व्यवस्थापन, सेयर दाखिल–खारेज, नामसारी, रोक्का तथा सेयरधनीको विवरण अद्यावधिक गर्ने लगायतका सबै कार्य एनआईएमबि एस क्यापिटलले गर्नेछ ।







