काठमाण्डौ। सर्वोत्तम सिमेन्टले सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिले क्यापिटललाई फागुन २५ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
अब यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबी एस क्यापिटलले गर्नेछ ।
सर्वोत्तम सिमेन्टले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो ।








