काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सूचीकृत हुनेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडनागरिक लगानी कोष रहेका छन्।

सर्पोट माइक्रोफाइनान्सको ९.५ प्रतिशत बोनस दरअनुसार कुल १ लाख १६ हजार ३२१ कित्ता सेयर सूचीकृत भएको छ। यससँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १३ लाख ४० हजार ७५५ कित्तामा पुगेको छ।

त्यसैगरी, नागरिक लगानी कोषको ५ प्रतिशत बोनस सेयर अन्तर्गत ३२ लाख ४० हजार ८५६ कित्ता सेयर सूचीकृत भएको छ। यसपछि कोषको कुल सूचीकृत सेयर संख्या ६ करोड ८० लाख ५७ हजार ९८१ कित्ता पुगेको छ।