काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको परिणामअनुसार विभिन्न समूह तथा पदमा निम्न उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै विजय हासिल गरेका हुन्।
यस्तो छ नयाँ कार्यसमितिः
उपाध्यक्षमा निर्वाचित
यस पटक जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । उनीहरूले क्रमश: ८७ र ८० मत पाए । उनीहरूका प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरेले क्रमश: ५७ र ३४ मत पाए ।
वस्तुगततर्फ निर्वाचित हुने एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए । उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए । एसोसिएटतर्फ एक उपाध्यक्ष निर्वाचित हुने प्रावधान छ । जसमा प्रबलजंग पाण्डे विजयी भए । उनले १ हजार ७९ मत ल्याउँदा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत पाइन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य (खुला)
जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित हुने प्रावधान छ । जसमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।
जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ दुई महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई निर्वाचित भए । प्रदेशतर्फ जिल्ला/नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भए ।
जस अनुसार कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन् ।
गण्डकी प्रदेशबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन् । सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन् ।
वस्तुगत समूह सदस्य
वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् । जस अनुसार अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान र संघर्ष विष्ट विजयी भएका छन् ।
यसैगरी सागर ढकाल र होमप्रसाद घिमिरे समेत विजयी भएका छन् । वस्तुगततर्फ ४ जनाले भने समान ५०/५० मत पाएर बराबर भएका छन् । वस्तुगतमा एक महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भएकी छिन् । वस्तुगत महासंघबाट कार्यसमिति सदस्य दुई निर्वाचित हुनुपर्नेमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भए ।
एसेसिएट कार्यसमिति सदस्य
एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भए । जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने विजयी भए ।
यसैगरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छासमेत विजयी भएका छन् ।
एसोसिएट महिलामा २ कार्यसमिति सदस्य निर्वाचित भए । जसमा अभिज्ञा मल्ल र जुना माथेमा छ्न् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक कार्यसमिति सदस्य निर्वाचित हुने प्रावधान अनुसार मनोज पौडेल विजयी भए ।
संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्य निर्वाचित भए । जसमा गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ विजयी भए ।







