काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरिएको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। अग्रवाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन समेत हुन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका अग्रवालको नियुक्तिले नीति निर्माण र सेवा सुधारमा प्राविधिक सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनले आइओएमजस्तो संस्थाको नेतृत्व गरिसकेकाले राज्यलाई विज्ञता र अनुभव उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
सरकारले जनाएको अनुसार अग्रवालले कुनै पारिश्रमिक वा आर्थिक सुविधा नलिई अवैतनिक रूपमा आफ्नो विशेषज्ञ सेवा प्रदान गर्नेछन्।







