काठमाडौँ । यती एयरलाइन्सले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

सम्झौतापत्रमा यती एयरलाइन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य र एनआइएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

आन्तरिक हवाई सेवामा सक्रिय यती एयरलाइन्स नेपालका प्रमुख निजी हवाई सेवा प्रदायक कम्पनीमध्ये एक मानिन्छ। कम्पनीले सुरक्षा मापदण्ड, भरपर्दो सञ्चालन र गुणस्तरीय सेवामा विशेष ध्यान दिँदै देशका विभिन्न शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ।

साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले निरन्तर योगदान दिँदै आएको उल्लेख गरिएको छ।