काठमाडौं । काठमाडौंकाे कपनमा रहेको प्रशान्ति एकेडेमीमा अध्ययन गरेर एसईईकाे परीक्षामा सहभागी भएका सबै विद्यार्थी ए प्लस ल्याएर उत्तीर्ण भएका छन्।
यसअघिका वर्षहरूमा पनि प्रशान्ति एकेडेमीले एसईई लगायतका सबै परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो। बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयमा प्रशान्ति एकेडेमी सफल विद्यालय हाे ।
काठमाडौं जिल्लाकाे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ – कपन, मुस्कान चाेकमा रहेको प्रशान्ति एकेडेमी, विगत लामो समयदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको र आम रोजाइको शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ।
अनुशासन, गुणस्तरीय शिक्षा र निरन्तर उत्कृष्ट परिणामका कारण प्रशान्ति एकेडेमीले आफ्नो शैक्षिक पहिचानलाई अझ मजबुत बनाउँदै गएको प्रशान्ति एकेडेमीका कार्यकारी अध्यक्ष मुरारी भण्डारीले बताए।







