काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो। यसमा माघ २९ गतेसम्म नाम कायम भएका साविक शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
क्रेडिट रेटिङ संस्थाले कम्पनीलाई ‘आईआरएन डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले लगानी जोखिम मध्यम स्तरमा रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्काशन र बाँडफाँडपछि यो बढेर ८० करोड रुपैयाँ पुग्नेछ।
यस निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रूपमा रहेको छ।







