काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक समूहमा रहेको शेयर अब सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि संस्थापक शेयरधनीहरूलाई मात्र लक्षित गरी ३५ दिनको समयसीमा राखेर बिक्री प्रक्रिया अघि बढाइएको भए पनि उक्त अवधिमा कुनै आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

बैंकले बिक्रीमा राखिएको शेयरको संख्या तथा न्यूनतम मूल्य भने सार्वजनिक गरेको छैन।

अब इच्छुक व्यक्ति, संस्था वा लगानीकर्ताले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति (वैशाख २५ गते) देखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बुझाउन सकिने बैंकले जनाएको छ।