काठमाडौँ । नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज (जेठ २९ गते) अन्तिम दिन हो । कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गर्दैछ । अतः जेठ २९ गतेसम्म कायम रहने शेयरधनीले मात्र यसको हकप्रद सेयर भर्न पाउनेछन् । नेपाल इन्सुरेन्सले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

जसअनुसार कम्पनीले १०ः४ प्रतिशत अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । नेपाल इन्सुेन्सको हकप्रद शेयरमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले हालै एउटा सूचना जारी गरी १५ प्रतिशत बोनस सेयर जारी गरेपश्चात कायम हुने पुँजीमा अब हकप्रद शेयर पनि ३४.७८ प्रतिशत मात्र हुने जनाएको छ ।