काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा मंगलबार दुईवटा इन्स्योरेन्स कम्पनीको ठूलो परिमाणमा हकप्रद शेयर सूचीकृत भएको छ। नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको २ करोड ८ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
२ कम्पनीको गरी नेप्सेमा कुल २ करोड ८ लाख ५६ हजार २८० कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको ४२ प्रतिशतले हुन आउने १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता शेयर सूचीकृत नेप्सेले जानकारी दिएको छ । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको ४० प्रतिशत बराबर हुने र ६५ लाख ७६ हजार ९६७दशमलव ७६ कित्ता हकप्रद पनि मंगलबार नै नेप्सेमा सूचीकृत भएको छ ।







