काठमाडौं  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको १८ औं वार्षिक साधारण आज बाराको सिमरामा रहेको होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै बोनस सेयर वितरणपश्चातको हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी चालु आवका लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

यस्तै,आजै नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ३० औं साधारण सभा आज बिहान ११ बजे काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा आयोजना हुनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

स्तै बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।