काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयर धनीहरूको नाममा रहेको २ लाख ७१ हजार ४६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। यस शेयर संस्थापक सेयर धनीका साथै अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवश्यक पर्ने कागजात सहित काठमाडौँको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु कम्पनीले जनाएको छ ।








