काठमाडौँ। हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।
यो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र काठमाडौँको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ।
यसअघि बैंकले संस्थापक शेयर धनीलाई प्राथमिकता दिएर यो शेयर बिक्रीमा राखेको थियो। तर तोकिएको अवधिसम्म निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।









