काठमाडौं। कामना सेवा विकाश बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
साना उद्यमीलाई कर्जामा पहुँच दिलाउन ‘बीडीएस’ प्रणाली आवश्यक, यस्तो छ विज्ञको सुझाव
यस समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ।
यस समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ४.२७ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुगेको छ।
३५ करोड रुपैयाँको ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरसहित ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४५ करोड४९५ लाख रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५६ पैसा घटेर १४ रुपैयाँ ४२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ।
चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ।







