काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ।

यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहने सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर (कर बाहेक) दिने प्रस्ताव गरेको छ। त्यस्तै, कर तिर्नका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरिएको छ।

उक्त लाभांश प्रस्ताव वैशाख २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्ने साधारण सभाबाट अनुमोदन गरिनेछ।