काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले बिहीबारदेखि कुल ७ हजार ८८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो।
यस सेयरमा आवेदन दिन हालका संस्थापक सेयरधनीहरू मात्रै योग्य हुनेछन्। इच्छुक संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुमारी क्यापिटल (सेयर रजिस्ट्रार) वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ। बिक्री मूल्य भने सम्बन्धित बिक्रेताले निर्धारण गरेअनुसार रहनेछ।
बैंकका अनुसार तोकिएको समयसीमाभित्र पर्याप्त आवेदन नआएमा उक्त सेयर संस्थापक बाहेक अन्य लगानीकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।







