काठमाडौँ। हरेक नयाँ वर्ष अटोमोबाइल व्यवसायका लागि बिक्री प्रवर्द्धनको महत्वपूर्ण समय मानिन्छ। काठमाडौं लगायतका सहरमा चार पांग्रे सवारी साधन विक्रेताहरूले नयाँ वर्षको अवसरमा आफ्ना उत्पादनहरूलाई बढी ग्राहकसम्म पुर्‍याउन विशेष अफर, एक्सचेन्ज सुविधा र छुट योजना ल्याउने चलन बढाएका छन्।

नेपालमा अहिले अटो बजारमा प्रतिस्पर्धा निकै तीव्र छ। धेरै ब्रान्डहरूले ग्राहक आकर्षणका लागि नगद छुट, निशुल्क सर्भिस, इन्सुरेन्स सुविधा, सवारी कर निःशुल्क जस्ता योजनाहरू ल्याएका छन्। यस्तो वातावरणमा व्यवसायीहरूले व्यापार सुस्त नहोस् भनी नयाँ वर्षको अवसरमा विशेष स्किम सार्वजनिक गर्ने गरेका छन्।

यसै क्रममा फोर्ड, हुन्डाई, निसान, एमजी, एलआरआर मोटर्स जस्ता कम्पनीहरूले आफ्ना गाडी किन्दा इलेक्ट्रिक भेहिकल, यात्रा प्याकेज, नगद छुट र अतिरिक्त सेवा सुविधा दिने योजनाहरू सार्वजनिक गरेका छन्।

टाटा मोटर्स  : सिप्रदी ट्रेडिङ 

टाटा मोटर्सका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभएक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । सवारी बजारमा नयाँ वर्षसँगै ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजना छोटो अवधिको भए पनि सुविधा र आकर्षणका हिसाबले विशेष बनाइएको कम्पनीले जनाएको छ ।

चैत्र २७ देखि ३० गतेसम्म सञ्चालन हुने यस क्याम्प अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ टाटा गाडी खरिद गर्न सक्नेछन् । पछिल्ला वर्षमा एक्सचेन्ज अफरप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले सहज र झन्झटरहित प्रक्रिया मार्फत ग्राहकलाई नयाँ सवारीसाधनमा रूपान्तरण गर्ने अवसर दिएको हो ।

यस योजनाको अर्को विशेष आकर्षण लक्की ड्र रहेको छ, जसमार्फत भाग्यशाली ग्राहकले भारतमा आयोजना हुने टाटा आइपीएल क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । सवारी खरिदसँगै मनोरञ्जन र अनुभव जोड्ने प्रयास स्वरूप यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार योजनामा सहभागी हुने ग्राहकलाई नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क सहायक उपकरण तथा निःशुल्क वार्षिक सवारी करजस्ता प्रत्यक्ष आर्थिक लाभ उपलब्ध गराइनेछ ।

एलआरआर मोटर्स

एलआरआर मोटर्सले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी जिली ईएक्स ५ म्याक्स खरिद गर्ने ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत, गाडी खरिद गर्ने जोडीलाई ६ रात ७ दिनको थाइल्याण्ड भ्रमणको अवसर दिइनेछ।

कम्पनीका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार, ग्राहकहरूले ईएक्स ५ म्याक्ससँगै स्मार्ट कफी मेसिन, अनुकूलनीय चार्जर, आकर्षक नगद छुट, सहज फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस बिमा र एक वर्षको निःशुल्क रोड ट्याक्स पनि पाउनेछन्।

फोर्ड

नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रा.लि.ले पनि आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना प्रिमियम एसयूभी र पिकअप गाडी खरिद गर्दा केई ब्रान्डको ई(क्युट ०२ मोडल सित्तैमा दिने घोषणा गरेको छ।

हाल नेपालमा फोर्डका प्रिमियम मोडलहरू जस्तै एभरेष्ट, र्‍याप्टर र रेन्जर उपलब्ध छन्, जसको मूल्य १ करोड ३५ लाख रुपैयाँदेखि २ करोड ६० लाख रुपैयाँसम्म रहेको छ। यीमध्ये जुनसुकै मोडल खरिद गर्दा ग्राहकले एउटा ईभी निःशुल्क प्राप्त गर्नेछन्।

निसान

नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले आफ्नो कम्प्याक्ट एसयूभी निसान म्याग्नाइटका लागि नयाँ ‘१ वर्ष शून्य इन्धन’ योजना घोषणा गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले जुनसुकै म्याग्नाइट मोडल खरिद गर्दा ५० हजारसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र १ वर्षको निःशुल्क इन्धन सुविधा पाउनेछन्।

साथै, गाडी खरिद गर्दा कम्पनीले एउटा ईभी पनि सित्तैमा प्रदान गर्ने जनाएको छ। हाल निसान म्याग्नाइटको सुरुवाती मूल्य ३५.७५ लाख रुपैयाँ रहेको छ र यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा लागू हुने कम्पनीले बताएको छ।

फोरथिङ फ्राइडे

त्यसैगरी, नेपालका लागि फोरथिङ आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालिले नयाँ वर्षको अवसरमा ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ आयोजना गरेको थियो। तीन दिनसम्म सञ्चालन भएको यो फेस्टमा ग्राहकहरूले आफ्नो पुरानो सवारी जुनसुकै ब्राण्डको होस्, फोरथिङ फ्राइडे ईभीसँग साट्न सक्ने व्यवस्था गरिएको थियो।

कम्पनीका अनुसार, यस कार्यक्रममा सहभागी ग्राहकहरूले ७ लाखसम्मको बचत गर्न सक्ने अवसर पाएका थिए। यस अफर अन्तर्गत ग्राहकहरूले एक्सचेन्ज बोनस, उचित मूल्यांकन, आकर्षक नगद छुट, १ वर्षको अटो प्लस बिमा, १ वर्षको सडक कर, निःशुल्क स्पेयर टायर र एसी चार्जर पाउनेछन्।

समग्रमा नयाँ वर्ष २०८३ को अवसरमा अटोमोबाइल बजार निकै प्रतिस्पर्धात्मक र ग्राहक–केन्द्रित बनेको देखिन्छ। विभिन्न कम्पनीहरूले आकर्षक अफर, एक्सचेन्ज सुविधा र अतिरिक्त सेवामार्फत ग्राहकलाई लोभ्याउने प्रयास गरेका छन्, जसले बिक्री बढाउन मात्र होइन, उपभोक्तालाई थप मूल्य र सुविधा प्रदान गर्न समेत महत्वपूर्ण भूमिका खेलेको छ।

केयी

लक्ष्मी ई-मोबिलिटी प्रा.लि र जीओ अटोमोबाइल प्रा. लिले नयाँ वर्षको अवसरमा केयी एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । ग्राहकलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने सुविधा प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

एक्सचेन्ज कार्निभल देशभर रहेका केयी गाडीहरूको स्वरुममा चैत २७ गतेदेखि २९ गतेसम्म गर्न लागिएको कम्पनीले जनाएको छ । जहाँ आफ्ना पुराना सवारीसाधनहरू साटेर केयी मोडलका नयाँ गाडीहरू खरिद गर्न सकिनेछ ।

काठमाडौंमा भने थापाथलीमा रहेको केयी स्वरुप नजिकै बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । जहाँ गाडी साटफेरबाहेक लाइभ फुडस्टल, मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन हुने बताइएको छ ।

यो योजनाअन्तर्गत् ग्राहकहरूले नयाँ वर्ष विशेष नगद फाइदा, आकर्षक एक्सचेन्ज बोनस, उत्कृष्ट सवारी मूल्यांकन, फाइनान्सिङ सुविधा, अटो बीमा, ७ किलोवाटको चार्ज सुविधा र प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी धुलिखेलमा एक रातको नि:शुल्क प्याकेज राखिएको बताइएको छ।

Hyundai

नेपालका लागि Hyundai गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ वर्षलाई स्वागत गर्दै  “Hyundai संग शुभ यात्रा २०८३” अफर घोषणा गरेको छ। यस नयाँ वर्ष Hyundai सँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन्।

यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका Hyundai मोडेलहरूमा रु. १,७५,००० सम्म नगद छुट र रु. ९६,००० सम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन्। साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मुल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउँछ।

यस अफरलाई अझ आकर्षक बनाउँदै, Hyundai ले आफ्ना भरपर्दा बिक्रीपछिका सेवाहरू पनि निरन्तर दिँदै आएको छ। यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी  समावेश छ, जसले गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउँछ।

नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै, Hyundai Nepal ले पछिल्लो दुई वर्षदेखि Creta र Venue जस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको छ, जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ। ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवर्द्धन र औद्योगिक विकासमा योगदान पुर्‍याइरहेको छ।

लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ।

Hyundai Nepal ले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै, नजिकको Hyundai सोरुममा गई यस अफरबारे जानकारी लिन र २०८३ को सुरुवात विशेष सुविधासहित मनाउन सबैलाई आमन्त्रण गरेको छ।