काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मातातीर्थ औँसी अर्थात आज परेको आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले आमा र मातृभूमिलाई स्वर्गभन्दा पनि महान् भएको उल्लेख गरेका छन्। संस्कृतको प्रसिद्ध श्लोक “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” उद्धृत गर्दै शाहले आमाको काखको न्यानोपन र चरणको पवित्रतालाई तीर्थको रूपमा व्याख्या गरे।
प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतको रूपमा चित्रण गरेका छन्। उनले सन्तानको कर्मले आमालाई सदैव गर्व महसुस गराउन सकियोस् र उनीहरूको अनुहारमा सधैँ खुसी छाओस् भन्ने कामना गरेका छन्।
उनले मातृभक्तिलाई राष्ट्रप्रेमको भावसँग जोड्दै लेखेका छन्, “हे जननी म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।”
प्रधानमन्त्री शाहको फेसबुुक पोस्ट :








