काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतका केही सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले सूचना प्रकाशित गर्दै केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेका सेयर विक्री प्रक्रिया अघि बढाइएको जनाएको हो।

प्रकाशित सूचनाअनुसार इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन काठमाडौँको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

बैंकका अनुसार तोकिएको अवधिमा संस्थापक सेयरधनीहरूबाट आवेदन नआएमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ। तर, बिक्रीमा राखिएको सेयरको संख्या भने सार्वजनिक गरिएको छैन।