काठमाडौँ। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयर धनीको स्वामित्वमा रहेको १५ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बैंकले विद्यमान संस्थापक सेयर धनीहरूका लागि उक्त सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने बैंकले जनाएको छ ।