काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर धनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विभिन्न ३ जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।