काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १२.१८ प्रतिशत बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.१७ प्रतिशत बढेर १ अर्ब ३४ करोड २९ लाख ८१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशत बढेर ६ अर्ब ५४ करोड ९२ लाख १२ हजार रुपैयाँ, सञ्चालन नाफा १५.२९ प्रतिशत घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
यस समिक्षा अवधिमा बैंकको खुद नाफा १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख १३ हजार रुपैयाँ रहेको छ । १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख ४० हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३.७४ प्रतिशत बढेर २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख ४२ हजार रुपैयाँ र कर्जा प्रवाह ४.८२ प्रतिशत बढेर २ खर्ब ३९ अर्ब ४७ करोड ६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
गत वर्षको पुसमा ३.९७ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर ४.५६ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.०९ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.४८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १७.१० रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ १६८.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा छ ।








