काठमाडौं। सेयर बजार आज पनि घटेको छ। सप्ताहको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ। बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २,७१४.०५ विन्दुमा झरेको हो।

आज बजारमा कुल ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर करिब १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँमा खरिदबिक्री भएको छ। बजारको स्थिति हेर्दा, ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ। यसैगरी, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सबै कम्पनीमध्ये, ङादी ग्रुप पावरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको सेयर कारोबार आज ५९ करोड ९९ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

त्यस्तै, एसवाई प्यानलमा ५२ करोड २९ लाख, युनाइटेड मोदी हाइड्रोपावरमा ४६ करोड ६४ लाख, युनियन हाइड्रोपावरमा ४४ करोड ६२ लाख, र राद्यि विद्युतमा ४३ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ।