काठमाडौं । नेप्सेमा नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बिहीबार नेकोको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म २५ प्रतिशत (५० लाख ३० हजार ९०१.५५ कित्ता) हकप्रद शेयर बिक्री गरेको थियो । सोही हकप्रद सेयर अहिले सूचीकरण भएको हो । उक्त सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा बिक्री गर्न सकिनेछ ।