काठमाडौं । आज (वैशाख २८ गते) दिन नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरणको लागि वैशाख मंगलबार ३० गते बुक क्लोज गर्दैछ । वैशाख २९ गते बुद्ध जयन्ती परेकाले लगानीकर्ताले आज वैशाख २८ गतेभित्र सेयर खरिद गरिसकेको हुनुपर्ने छ ।
कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सेन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतको प्रस्ताव पेश हुने भएको छ ।







