काठमाडौं । नेको इन्सुरेन्सको जेठ ९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा लिसारा रिसेप्सेन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, सभामा भाग लिन वैशाख २९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ । यद्यपि, वैशाख २९ गते बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले व्यवहारिकरुपमा लगानीकर्ताले वैशाख २८ गतेभित्र सेयर खरिद गरिसकेको हुनुपर्नेछ ।