काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन प्रोत्साहित गर्न नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ। रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो व्यवस्था समेटिएको हो।
नीतिअनुसार ‘रिभर्स आप्रवासन’ अवधारणालाई अघि बढाउँदै विदेशबाट फर्किने नागरिकका लागि एकीकृत सुविधा तथा सहुलियत प्याकेज लागू गरिने उल्लेख छ।
सरकारले यस योजनामार्फत स्वदेशमै रोजगारी र उद्यमशीलता विस्तार गर्ने लक्ष्य राखेको छ।







