काठमाडौं। नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्।
आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरे । यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत बताए । पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने घोषणा उनले गरे । दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने घोषणा गरे । पर्या पर्यटनलाई आधुनिक प्रविधिसँग जोडिने भएको छ ।







