काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ । मंगलबार प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर ५ हजार ७ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।







