काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ८ सय रूपैयाँ कायम भएको हो ।
यसैबीच, आज चाँदीको मूल्य भने २० रुपैँयाले बढेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रूपैयाँ कायम भएकोमा आज २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ कायम भएको छ ।







