काठमाडौँ। सिद्धार्थ क्यापिटल लिमिटेडले “सिद्धार्थ इक्विटी फण्ड–२” नामक नयाँ म्युचुअल फण्ड आजदेखि सार्वजनिक निष्कासनमा ल्याएको छ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गरेको हो, जसको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ।

यो योजना सिद्धार्थ क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो।

कुल इकाईमध्ये १ करोड ५० लाख इकाई प्रवर्धक सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

फण्डको निष्कासन छिटोमा वैशाख २४ गतेसम्म खुला रहनेछ। सो अवधिमा पूर्ण बिक्री नभएमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सीडीएससीद्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।