काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका–३ तीनपिप्लेकी एक महिला तीन दिनदेखि वेपत्ता भएकी छिन्। तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी वैशाख ११ गतेदेखि बेपत्ता भएकी हुन् ।

बैशाख ११ गते मध्यान्ह १२ बजेतिर अस्पताल जान्छु भनेर निस्किएकी तिवारी त्यसयता सम्पर्कविहीन रहेकी परिवारले जनाएको छ।

परिवारले बेपत्ता सरितालाई कतै देखे ९८४९५४७१४४, ९८४९१६२९६२, ९८४११६०६१७ र ९८४९३७२७११ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।