काठमाडौं। भक्तपुरस्थित मनोहरा किनार क्षेत्रको सुकुमबासी बस्तीमा घरटहरा हटाउने कार्य फेरि सुरु गरिएको छ। अघिल्लो साँझ ढुंगामुढा भएपछि रोकिएको अभियान आज बिहानदेखि पुनः अघि बढाइएको हो।
हिजोको झडपका क्रममा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए। सम्भावित विरोध नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार करिब १३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी खटाएर संरचना हटाउने काम भइरहेको छ।
स्थानीयवासीलाई आफैं घरटहरा खाली गरी हटाउन बिहान ९ बजेसम्मको समय दिइएको थियो। निर्धारित समयपछि अधिकांशले सामान सारेर घर खाली गरेपछि डोजर प्रयोग गरी भत्काउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।उक्त बस्तीमा करिब ७७७ वटा घरटहरा रहेको बताइएको छ।







