काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ हजार रुपैयाँले घट्दै २ लाख ९७ हजार ५ सय रुपैयाँमा झरेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य कमी आएको छ। सोमबार प्रतितोला ५ हजार ४५ रुपैयाँ रहेको चाँदी आज १ सय रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।







