काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले उकालो लाग्दै ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ।